काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले नेपालमै आयोजना हुने महिला टी–२० विश्वकप ग्लोबल छनोटको चारैवटा खेल त्रिवि क्रिकेट मैदानमा खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले खेल्ने चारैवटा खेल त्रिवि मैदानमा खेल्ने भएको हो । यसअघि नेपालले माथिल्लो मुलपानी क्रिकेट मैदानमा २ र त्रिवि क्रिकेट मैदानमा २ खेल खेल्ने तालिका थियो ।
प्रतियोगिता आउँदो माघ ४ गते सुरु हुँदैछ । प्रतियोगितामा कुल १० टोलीले सहभागिता जनाउँदै छन् ।