काठमाडौं। प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का १० जना सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। उनिहरु प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोपामा सनाखत गरेका हुन्।
त्यसपछि उनको पार्टीका पक्षमा सनाखत गर्न आयोग पुगेका थिए। सनाखत गर्नेहरुमा जसपाका सांसदमा परमेश्वर साह, जयनूल राईन, गौरीनारायण साह, सुरिताकुमारी साह, निलमदेवी भूमिहारिन, रमेश कुर्मी, बाबुलाल साह, अल्काकुमारी झा, बबिताकुमारी चौधरी र जानकीशरण साह छन्। बुधबार १० जना प्रदेश सांसदले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका थिए।