काठमाडौं। नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्। पार्टी कार्यालयमा बुधबार गृहजिल्ला स्याङ्जाका अगुवा नेता/कार्यकर्ता उपस्थित भेलामा श्रेष्ठले औपचारिक रूपमा १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरे।
श्रेष्ठ लामो समयदेखि सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। देउवा कांग्रेस प्रजातान्त्रिक सभापति हुँदा श्रेष्ठले कार्यबहाक सभापति भएर पनि काम गरेका थिए। लामो समयदेखि सहयोग गरिरहेका श्रेष्ठलाई नै सभापति देउवाले संगठन विभाग प्रमुख मनोनित गरेका थिए।