शनिवार, आश्विन २४ गते २०८३

केपी ओली सुध्रिने मान्छे होइन, भ्रममा नपरेर हाम्रो पार्टीमा आउनुस् : माधव नेपाल

बिहिवार , भाद्र १७, २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले एमालेमै रहेका नेताहरुलाई ओलीको भ्रममा नपर्न सुझाव दिएका छन्। उनले १० बुँदे सहमतिमा अलमल गरेर एमालेमा रहेका नेताहरुलाई भ्रममुक्त हुन आग्रह गरे। 

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्दै उनले केपी ओली जसरी पनि टाङ मुनी छिराउने र हुर्मत लिने पक्षमा रहेको भन्दै ओलीले आफूले गरेको गल्तीको आत्मालोचना गर्ने कुनै कुरा नभएको र ओली सुध्रिने मान्छे नभएको भनाई राखे।

नेता नेपालले ओली र उनका मान्छेहरुले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको भन्दै त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन उनले आग्रह गरे। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार