क्यानका अनुसार हार्भेको अन्तर्राष्ट्रिय खेल अनुभव र प्रशिक्षकका रूपमा रहेको दक्षताले विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगिताअघि नेपाली टोलीको बलिङ विभागलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
क्यानले हार्भेको मार्गदर्शनले नेपाली बलरहरूको विकासमा उल्लेखनीय योगदान पुग्ने र विश्वकप यात्रामा राष्ट्रिय टोलीलाई फाइदा पुग्ने विश्वाससमेत व्यक्त गरेको छ।
हाल नेपालका क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल छन् भने सहकायक प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन्।