आइतवार, आश्विन २५ गते २०८३

कांग्रेसका पौडेल समुहको पत्रकार सम्मेलन : साझा उम्मेदवार खोज्ने प्रतिवद्धता

बिहिवार , भाद्र १७, २०७८

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको छ। सभापतिका आकांक्षीहरुले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी सभापतिमा एउटै उम्मेदवार अघि सार्ने बताएका हुन् ।

महाधिवेशन नजिकिँदै गर्दा लगातार छलफल भएपनि सहमति जुट्न सकेको छैन। समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी छन् । 
कसलाई के जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार