काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु भएको छ।
यो प्रतियोगिता नेपालले घरेलु मैदानमा आयोजना गरेको अहिलेसम्मकै ठुलो क्रिकेट प्रतियोगिता हो। जुन प्रतियोगिता हेर्न कुनै शुल्क नलाग्ने नेपाल क्रिकेट संघले जनाएको छ। अर्थात् प्रतियोगिता हेर्न मैदानभित्र नि:शुल्क प्रवेश गर्न पाइनेछ।
पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर पहिले बलिङ रोजेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले ब्याटिङ गर्ने भएको हो।