बबेटे डे लिडेले सर्वाधिक ४९ रन बनाउँदा रुबिना क्षेत्रीको बलमा कट एन्ड बोल्ड भइन्। स्टेरे कालिसले ३० रन बनाउँदा रिया शर्माको बलमा बोल्ड आउट भइन्।
नेपालले दोस्रो ओभरमा नै नेदरल्यान्डस्को दुई विकेट लिँदै दबाबमा राखेको छ। पहिलो ओभरमो चौथो बलमा ओपनर पेभे मोल्केबोइर शून्य रनमा नै सुमन विष्टको बलमा सम्झना खड्काको हातबाट क्याच आउट हुन पुगिन्।
दोस्रो ओभरको तेस्रो बलमा अर्की ओपनर हेइदर साइजर्स १३ बलमा पूजा महतोको बलमा रुबिना क्षेत्रीको हातबाट क्याच आउट भइन्। नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन्। सुमन विष्ट, पूजा महतो र रिया शर्माले समान एक विकेट लिए।