बिहिवार, आश्विन १५ गते २०८३

राष्ट्रिय सभा सदस्यमा कोशीबाट रोशनी मेचे निर्वाचित

आइतवार , माघ ११, २०८२

काठमाडौं । आइतबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपाको गठबन्धनका महिला उम्मेदवार नेकपा एमालेकी रोशनी मेचे निर्वाचित भएकी छिन् ।

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सम्पन्न मतगणना अनुसार मेचेले ७ हजार १ सय ७३ मतभार प्राप्त गर्दै निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी नेकपाकी नमिता न्यौपानेले २ हजार २ सय ६८ मतभार मात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा प्रदेश सभाका ९३ सदस्य र स्थानीय तहका २ सय ७४ जनप्रतिनिधिले मतदान गरेका थिए । कोसीका अन्य क्लस्टरहरूको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार