बिहिवार, आश्विन १५ गते २०८३

कोसीमा दलिततर्फ सोमनाथ पोर्तेल निर्वाचित भए

आइतवार , माघ ११, २०८२

काठमाडौं । सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा कोसीमा दलिततर्फ सोमनाथ पोर्तेल निर्वाचित भएका छन् ।

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सम्पन्न मतगणना अनुसार दलित क्लस्टरमा एमालेका सोमनाथ पोर्तेल ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै निर्वाचित भए । पोर्तेललाई (प्रदेश ६८ र स्थानीय तह २०१) जनाले मतदान गरेका थिए । उनका प्रतिस्पर्धी खेम सुन्दासले २ हजार ०३७ मतभार (प्रदेश १८ र स्थानीय तह ५७)  प्राप्त गरे ।

नेपाली कांग्रेस, नेकपा एमाले र जसपाबीच चुनावमा गठबन्धन भएको थियो । कोसी प्रदेशमा रिक्त रहेका ३ पदमध्ये अन्य समूहबाट नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।

स्थानीय तहतर्फ २५८ जना र प्रदेशका ८७ जनाले मतदान गरेका थिए । प्रदेशमा एकजनाको मत बदर भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार