बिहिवार, आश्विन १५ गते २०८३

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रामकुमार झांक्री निर्वाचित

आइतवार , माघ ११, २०८२

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमार झांक्री निर्वाचित भएकी छिन् ।

झांक्रीले ६३०३  मतभार प्राप्त गरी विजयी भएकी हुन् ।नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेद्वार बनेकी झाँक्रीले उनका प्रतिसपर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुर्गा कुमारी भण्डारीले १३६२ मतभार प्राप्त गरेकी थिईन् ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट महिला समूहमा पद्मा पण्डित पनि चुनावी मैदानमा होमिएकी थिइन् । जसमा प्रदेशसभा तर्फ महिला ३० र पुरुष ४८ मत खसेको थियो ।

जम्मा प्रदेशसभातर्फ ८३ मतमा प्रदेशसभा तर्फ ५ र स्थानीय तहतर्फ २१७ मतदातामध्ये ९ मतदाता अनुपस्थित रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार