महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति सुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिएको थियो। त्यसका विरुद्ध युवराज सफल, दिनेश त्रिपाठी र आभास रेग्मीले रिट हालेका थिए।
त्यसमाथि सुनुवाइका क्रममा महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध मुद्दा दर्तापछि थप प्रमाण फेला परेको बताएकी थिइन्। त्यसपछि फेला परेका प्रमाणका आधारमा अभियोग संशोधन गरिएको उनको जिकिर थियो।
त्यसैमा टिकेर सर्वोच्चले भेटिएका थप प्रमाण झिकाउन भनेको छ। महान्यायाधिवक्ताको कार्यालयबाट प्रमाणसहितका कागजात आएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिने वा नदिने तय गर्ने भएको छ।