आइतवार, श्रावण २४ गते २०८३

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट, नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

सोमवार , माघ १२, २०८२

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो अन्तिम समूह खेलमा नेपालले सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने यो निर्णायक खेल बिहान ९ बजे सुरू हुनेछ। सुपर सिक्स चरणमा पुग्न नेपाललाई स्कटल्यान्डविरूद्ध फराकिलो अन्तरको जित आवस्यक छ। यद्यपि जितले मात्र नेपाललाई अघि बढाउने निश्चित छैन।

समूह बी अन्तर्गत थाइल्यान्ड र नेदरल्यान्ड्सबीच हुने अर्को खेलको परिणामले पनि नेपालको यात्रामा प्रत्यक्ष प्रभाव पार्नेछ। यदि नेपालले स्कटल्यान्डलाई पराजित गर्‍यो र नेदरल्यान्ड्सले थाइल्यान्डलाई हरायो भने नेपालको सुपर सिक्स सम्भावना केही बलियो हुनेछ। तर यस अवस्थामा पनि राम्रो नेट रन रेट अपरिहार्य हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार