स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक ४५ रन बनाइन्। नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन् भने रुविना क्षेत्रीले ३ विकेट लिइन्। त्यस्तै, सीता राना मगर, रुविना क्षेत्री, कविता जोशी र रिया शर्माले समान १/१ विकेट लिए।
दुवै टोलीलाई सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब रहेको छ। स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।
यस्तै तेस्रो खेलमा भने टेस्ट राष्ट्र जिम्बाव्वेलाई ६ विकेटले पराजित गर्दै सुपर सिक्सको सम्भावना कायम राखेको हो।