आइतवार, श्रावण २४ गते २०८३

महिला टी-२० विश्‍वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो

सोमवार , माघ १२, २०८२

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबार्ट बाहिरिएको छ । समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो ।

नेपाल रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् । नेपाल र जिम्बाब्बे चौथो र पाँचौं नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार