बिहिवार, आश्विन १५ गते २०८३

सरकारले बीमा प्राधिकरण सञ्चालक समिति अध्यक्षको जिम्मेवारी पौडेललाई दियो

सोमवार , माघ १२, २०८२

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिएको छ ।

पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो जिम्मेवारी दिएको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

उनका अनुसार पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने निर्णय भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार