बिहिवार, आश्विन १५ गते २०८३

निर्वाचन सुरक्षामा कमजोरी नगर्न सहस्त्र प्रहरीलाई निर्देशन

सोमवार , माघ १२, २०८२

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनीधि सभा सदस्यको निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्। 

प्रधान कार्यालयमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयमा प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतहरूलाई निर्देशन दिँदै महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तिब्र रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। कमजोर कमान्ड र गल्ती गर्ने कमान्डरमाथि तत्काल कारबाही गरिने उनले बताए। 

कमान्डरको जिम्मेवारीमा खटिन लागेका सशस्त्र प्रहरी अधिकृतलाई निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालनागरी परिचालित हुन निर्देशन दिए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार