बिहिवार, आश्विन १५ गते २०८३

यी हुन् चुनावी अभियानमा राष्ट्रिय झन्डा प्रयोगबारे कांग्रेसले तय गरेका ५ बुँदा

सोमवार , माघ १२, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले चुनावी अभियान क्रममा राष्ट्रिय झन्डाको प्रयोगबारे ५ बुँदे परिपत्र गरेको छ।

उपसभापतिसमेत रहेका केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले पार्टीका मातहत निकायहरूलाई राष्ट्रिय झन्डा प्रयोगमा ध्यान दिनु भन्दै आज परिपत्र गरेका हुन्।

यस्तो छ परिपत्रमा उल्लेख बुँदा 

१) आचारसंहितामा उल्लेख गरिए बमोजिम १० वटासम्म मात्रै राष्ट्रिय झण्डा चुनाव प्रचार अभियानमा प्रयोग गर्ने।

२) राष्ट्रिय झण्डालाई व्यक्तिको शिरभन्दा माथि हुने गरि सम्मानपूर्वक फहराउने।

३) उम्मेदवार या प्रचारक कोही पनि व्यक्तिको शरीरमा झण्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता अनि सम्मान र संस्कार दुवै दृष्टिले गलत हुन्छ। त्यस्तो विल्कुलै नगर्ने, गर्न नदिने।


४) उम्मेदवार या प्रचारक कसैको पनि पाखुरा, कम्मर  या घाँटीमा ज्याकेट या मफलर जस्तो बनाएर झण्डा बेर्ने कार्यले झण्डाको सम्मान होइन अपमान हुन्छ, यस्तो विल्कुलै नगर्नेरगर्न नदिने।

५) कार्यक्रम स्थलमा, प्रचार कार्यालयमा या कुनै सवारी साधनमा राष्ट्रिय झण्डा फहराउँदा पार्टीको झण्डा र चुनाव चिह्नभन्दा माथि फहराउने।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार