आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि बर्दिया २ मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। १७ दल र एक जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। रास्वपाबाट यहाँ श्रीधर पोखरेल उम्मेदवार बनेका छन्।
त्यसैगरि कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठोर, एमालेबाट पूर्वमन्त्री विमला विक र नेपाली कम्युनिस्ट पार्टीबाट सुरेश पन्थ, जनता समाजवादी पार्टी नेपालबाट अनिरुध्या आर्य, नागरिक उन्मुक्ति पार्टी नेपाल खुशीराम थारु, नेपाल कम्युनिस्ट पार्टीबाट टिकाराम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट धर्मराज जैसी आचार्य, उज्यालो नेपाल पार्टीबाट धर्म बहादुर चौधरी, नेपाल कम्युनिस्ट पार्टी(संयुक्त)बाट निता शर्मा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नेत्रराज आचार्य लगायतले उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
०७९ को निर्वाचनमा बर्दिया २ बाट प्रतिनिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवार लालवीर चौधरी विजयी भएका थिए। उनले २६ हजार ५२० मत प्राप्त गर्द निकटतम प्रतिस्पर्धी तत्कालीन कांग्रेस माओवादी गठबन्धनतर्फका सुरेश पन्थले २६ हजार ३८४ मत पाएका थिए। त्यतिबेला स्वतन्त्र उमेदवार रहेका चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले सहयोग गरेको थियो। चौधरी नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीका बुबा हुन्।