आइतवार, श्रावण २४ गते २०८३

नेपाली क्रिकेट टोलीले चेन्नईमा २ अभ्यास खेल खेलेर मुम्बई जाने

मंगलवार , माघ १३, २०८२

काठमाडौं । श्रीलंका र भारतमा हुने आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले औपचारिक दुई अभ्यास खेल खेल्ने भएको छ ।

विश्वकप अघि नेपाली टोलीले संयुक्त अरब एमिरेन्ट्स (युएई) र क्यानडासँग दुई अभ्यास खेल खेल्नेछ । नेपाली टोलीले पहिलो अभ्यास खेलमा युएईसँग फेब्रुअरी ३ मा अभ्यास खेल खेल्नेछ । दोस्रो अभ्यास खेलमा क्यानडासँग फेब्रुअरी ५ मा हुनेछ । दुवै खेल चेन्नईमा हुनेछ । चेन्नईमा दुई अभ्यास खेल खेलेपछि नेपाली टोली विश्वकपका लागि मुम्बई पुग्नेछ ।

विश्वकपमा नेपाल समूह ‘सी’मा रहेको छ । टी–२० विश्वकप माघ २४ गतेदेखि श्रीलंका र भारतमा सुरु हुँदै छ । नेपालले आफ्नो पहिलो खेल माघ २५ गते इङल्यान्डविरुद्ध खेल्ने तालिका छ । नेपालले दोस्रो खेल माघ २९ गते इटालीसँग तथा तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ ।

समुह चरणको अन्तिम खेलमा फागुन ५ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार