बिहिवार, आश्विन १५ गते २०८३

निर्वाचन आयोगले ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोध्यो

मंगलवार , माघ १३, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भनेर परेको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । जसमा झापा निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङ र रुपन्देही–२ का उम्मेदवार कमल भुसाल (निकोलस) र भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

बालेनको हकमा अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको स्टाटसमा कमेन्ट गरेको विषयमा स्पष्टीकरण सोधिएको छ । निकोसल भुसालको हकमा जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनी प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको छ । हर्क साम्पाङको हकमा चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको लगायतको विषयमा स्पष्टीकरण सोधिएको छ ।

महेश बस्नेतको हकमा बालेनलाई छाउरा भनेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको छ । भक्तपुर–२ कै उम्मेदवार जानुका पाठकलाई पनि स्पष्टीकरण साधिएको छ । उनलाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको हो ।

यसैगरी, स्वास्थ्य स्वयमसेवक संघलाई पनि स्पष्टीकरण सोधिएको छ । अनुमति नलिइ आचारसंहिता लागूपछि अधिवेशन गरेको भनेर स्पष्टीकरण सोधिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार