काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
मंगलबार केहीबेर अघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसर स्रोतका अनुसार, दुर्घटनामा परेर एक जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको छ ।
स्रोतले भन्यो, ‘तीनवटा सवारी एक आपसमा ठोक्किएर केहीबेर अघि दुर्घटना भएको थियो, मोटरसाइकलमा आगलागी भएको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।’
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ ।