बिहिवार, आश्विन १५ गते २०८३

सिंहदरबारमा राष्ट्रिय सभाको बैठक जारी

मंगलवार , माघ १३, २०८२

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।

सिंहदरबारमा जारी बैठकमा सांसदहरूले आ–आफ्नो भनाइ राखिरहेका छन् । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्य सूची छ ।

यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार