प्रहरीका अनुसार आक्रमणमा परेर मृतक महिलाका पति ५० वर्षीय जगरुप र बुहारी २८ वर्षीय मनिता देवी गम्भीर घाइते भएका छन्। उनीहरूको वीरगन्जको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
अज्ञात व्यक्तिले धारिलो हतियारले आक्रमण गरेर आमाछोराको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै निवासमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले आक्रमण गरेर उनीहरुको हत्या भएको प्रहरीको भनाइ छ । मृतकको शव घरमा नै फेला परेको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए ।