बिहिवार, आश्विन १५ गते २०८३

चुनावी यात्रामा रहेका बालेन दार्चुला पुगे, हेर्नहरुको घुइँचो

बुधवार , माघ १४, २०८२

काठमाडौं । सुदूरपश्चिमको चुनावी यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दार्चुला पुगेका छन् ।

बुधबार अपराह्न दार्चुलाको गोकुलेश्वर पुगेका शाहले स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन् । उनले चुनावी तयारीका विषयमा दार्चुलाका रास्वपा उम्मेदवार राजेशसिंह सामन्तसँग छलफल गरेका छन् । उनी गोकुलेश्वर पुग्दा सर्वसाधारणको घुइँचो लागेको थियो ।

वरपरका गाउँबाट उनलाई हेर्न सर्वसाधारण गोकुलेश्वर पुगेका थिए । उनी तीन दिनअघि काठमाडौंबाट पश्चिम तराईतिर लागेका थिए । बर्दियामा चुनावी भेटघाटपछि सुदूरुपश्चिम गएका थिए ।

मंगलबार कैलाली र कञ्चनपुरका चुनावी कार्यक्रममा व्यस्त रहेका थिए । आज बिहानै कैलालीबाट डडेल्धुरा, बैतडी हुँदै दार्चुला पुगेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार