बिहिवार, आश्विन १५ गते २०८३

कांग्रेसका निवर्तमान सांसदहरू आज सर्वोच्च जाने कार्यक्रम रोकियो

बिहिवार , माघ १५, २०८२

काठमाडौँ । संसद् पुनर्स्थापनासम्बन्धी रिटमा चुनावअघि नै फैसलाको माग गर्दै आज बिहीबार नेपाली कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्च अदालत जाने कार्यक्रम स्थगन गरिएको छ।  कांग्रेसका अनुसार ‘विशेष कारण’ले आजलाई उक्त कार्यक्रम स्थगन गरिएको हो। 

कांग्रेसले सूचना जारी गरी भनेको छ, ‘डिलेकेसन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको बेहोरा जानकारी गराइन्छ।’ 

यसअघि कांग्रेसका निवर्तमान सांसदहरू आज बिहान १०:३० बने सर्वोच्च अदालत जाने कार्यक्रम तय गरिएको थियो। कांग्रेसका ६५ जना निवर्तमानसांसदले संसद् पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गरेका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार