बिहिवार, आश्विन १५ गते २०८३

इरानमाथि भयानक हमलाको चेतावनी दिँदै ट्रम्पले पठाए विशाल युद्धपोत

बिहिवार , माघ १५, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर अहिलेसम्मकै कडा चेतावनी दिँदै विशाल नौसैनिक दस्ता (आर्माडा) खाडी क्षेत्रतर्फ पठाएका छन्। बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसियलमा एक सन्देश जारी गर्दै ट्रम्पले इरान तत्काल वार्तामा नआए गत जुनको 'अपरेसन मिडनाइट ह्यामर'भन्दा निकै घातक सैन्य कारबाही गर्ने धम्की दिएका हुन् ।

'एक विशाल युद्धपोत दस्ता उत्साह र शक्तिका साथ इरानतर्फ अघि बढिरहेको छ,' ट्रम्पले लेखेका छन्, 'समय घर्किसकेको छ। इरान वार्ताको टेबुलमा आएर  न्युक्लियर सम्झौता गरोस् भन्ने हाम्रो चाहना छ, अन्यथा उसले इतिहासकै विनाशकारी हमलाको सामना गर्नुपर्नेछ ।'

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार