बिहिवार, आश्विन १५ गते २०८३

रास्वपाका वरिष्ठ नेता बालेन आज बझाङबाट बाजुरातर्फ जादै

बिहिवार , माघ १५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज चुनाव प्रचारको लागि बझाङबाट बाजुरातर्फ लागेका छन् ।

बालेनले सामाजिक सञ्जालमा बिहीबार बिहान आफू बझाङबाट बाजुरातर्फ लागेको जानकारी दिएका हुन् । ‘बझाङ्ग बाटि बाजुरा जान लाग्या छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बडिमालिका माताले सबैकी आशिष् दिउन् ।’

बुधबार बालेन नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा हुँदै बैतडी र दार्चुला पुगेका थिए । बालेन हाल सुदूरपश्चिमको चुनावी यात्रामा रहेका छन् ।

सोमबारदेखि सुदूरपश्चिमको चुनावी यात्रमा रहेका बालेन मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार