काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
नेपाल बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । पूर्वप्रधानमन्त्री नेपाललाई त्रिवि शिक्षण अस्पतालको छाती रोग विभागमा भर्ना गरिएको छ । उनको छातीमा संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
अस्पताल स्रोतले भन्यो, ‘छातीमा संक्रमण देखिएको छ । अस्पतालमै राखेर उपचार भइरहेको छ, स्वास्थ्य अवस्था सामान्य छ । संक्रमण भएकाले केही दिन अस्पतालमै राख्नुपर्छ ।’
उनलाई केही दिनदेखि रुघा, खोकी र ज्वरो आइरहेको थियो । त्यससँगै स्वास फेर्न समस्या हुन थालेपछि अस्पताल गएका थिए ।