आइतवार, श्रावण २४ गते २०८३

भरतपुर, टुम्लिङटार, नेपालगञ्ज बाहेक अन्य ठाउँमा आन्तरिक उडान सुचारु

बिहिवार , माघ १५, २०८२

काठमाडौं । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौंलगायत देशका विभिन्न विमानस्थलमा प्रभावित रहेको आन्तरिक तर्फको उडान अहिले सुचारु भएको छ ।

काठमाडौं, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको भए पनि अहिले भरतपुर, टुम्लिङटार, नेपालगञ्ज बाहेक अन्य ठाउँमा उडान सुचारु भएको छ ।

अहिले दिउँसोबाट मौसममा सुधार आएसँगै उडान अवतरण सुरु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार