बिहिवार, आश्विन १५ गते २०८३

वामपन्थी शक्तिलाई पराजित गर्ने षड्यन्त्र भइरहेको छ : अग्नि सापकोटा

बिहिवार , माघ १५, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आगामी चुनावमा वामपन्थीलार्य हराउने षड्यन्त्र भइरहेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसका अवसरमा आयोजित पुरस्कार वितरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सापकोटाले वामपन्थी विरुद्ध षड्यन्त्र भइरहेको बताएका हुन् । सापकोटाले भने, ‘चुनावमा वामपन्थी शक्तिलाई पराजित गर्ने षड्यन्त्र भइरहेको छ ।’ आगामी चुनावमा नेकपाले राम्रो नतिजा ल्याउने उनको भनाइ थियो ।

उनले भने, ‘प्रत्येक्षमा पार्टीले सोचेभन्दा राम्रो नतिजा ल्याउनेछ । समानुपातिकमा पनि विगतको भन्दा धेरै मत आउँछ ।’ विगतमा गरिएका गल्ती सच्याउँदै अघि बढेकाले राम्रो नतिजा आउने उनको भनाइ थियो । उनले भने, ‘विगतमा हामीले गल्ती गरेकै हो। अहिलेको संकट विचारविहीनताले सिर्जना गरेको हो ।’

अहिलेको संकटनमा शक्तिराष्ट्रको पनि हात रहेको उनको जिकिर थियो । सापकोटाले भने, ‘नेपाल शक्तिराष्ट्रको नजरमा पर्‍यो । जसले संकट आयो, शक्तिराष्ट्र ठूलो तयारीमा रहेको थिए, तर हामी बेखबर भयौँ । अब गल्ती सुधारेर अघि बढ्नुको विकल्प छैन् ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार