बिहिवार, आश्विन १५ गते २०८३

म पहिलो सांसद हो, जसले व्यवस्थित सांसदको कार्यालय चलाएको छ : सभापति थापा

बिहिवार , माघ १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सांसदको व्यवस्थित कार्यालय बनाएर काम गर्ने पहिलो नेता भएको दाबी गरेका छन् ।

बिहीबार सर्लाह–४ को एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले भने, ‘म नेपालको पहिलो सांसद हो, जसले सांसद भएदेखि व्यवस्थित सांसदको कार्यालय चलाएको छ, मेरो कार्यालय यहाँ हुन्छ । यहाँको नागरिकले जुन बेला चाह्यो त्यो बेला त्यहाँ जानुहुन्छ, आफ्नो समस्या टिपाउनुहुन्छ ।’

उनले थपे, ‘मेरो काठमाडौंमा पनि सर्लाही–४ को कार्यालय हुन्छ । त्यहाँ तुरुन्त टिपाइन्छ । तपाईँहरूका धेरै काम त्यही कार्यालयबाटै हुन्छ ।’ आफू लगातार सर्लाही आइराख्ने पनि सभापति थापाले प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘यहाँ आएर कार्यालयसँग मिलेर काम गर्छु ।’

आफ्नो शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइको टिम रहेको उनले बताए । बिहीबारै आइटीको टिम पनि सर्लाही–४ पुग्न लागेको उनले सुनाए । आफ्नो टिमले तयार पारेको रिपोर्टका आधारमा पाँच वर्षभित्र आफूले गर्ने काम तय हुने उनले बताए ।

सभापति थापाले भने, ‘मधेसको ३२ निर्वाचन क्षेत्रमध्ये उत्कृष्ट काम गरेको क्षेत्र सर्लाही–४ हो भनेर मैले बनाउँछु ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार