आइतवार, श्रावण २४ गते २०८३

पूरा भयो साफ महिला यू– १९ च्याम्पियनसिपको तयारी

बिहिवार , माघ १५, २०८२

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू– १९ च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पोखरामा आयोजना हुने प्रतियोगिता माघ १७ देखि २४ गतेसम्म हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी हुने सबै टोली नेपाल आइपुगिसकेका छन् । प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित भारत, भुटान र बंगालदेश छन् ।

पोखराको पोखरा रगंशालमा हुने सो प्रतियोगिताको टिकट साधारण प्याराफिटतर्फ २०० र भीआईपी प्याराफिटतर्फ ५०० रुपैयाँ छ । एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट दुई करोड ४५ लाख १५ हजार २९० रुपैयाँ रहेको छ ।

प्रतियोगितको सबै खेलहरु स्पोर्ट्सवर्क्जको युट्युब च्यानलबाट प्रसारण हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार