बिहिवार, आश्विन १५ गते २०८३

सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गर्यो

बिहिवार , माघ १५, २०८२

काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो । गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार, आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको हो ।

निर्णय सुनाउँदै अर्यालले भने, ‘२०८२/११/०१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने ।’

तर, उनले कति रकम वृद्धि गरिएको भन्नेबारे जानकारी गराएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार