नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा राष्ट्रपति पौडेले माघ १८ देखि २१ सम्म जापानको भ्रमण गर्दै छन्।
त्यस्तै, मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति २०८२ ले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।
यससँगै नेपाल प्रहरीको राशन स्केल र राशनबापतको दैनिक रकम वृद्धि गर्ने सरकारले निर्णय गरेको छ। यो निर्णय फागुन १ गतेदेखि लागू हुनेछ।