आइतवार, श्रावण २४ गते २०८३

आज देशभर आंशिक बादल लाग्ने

शुक्रवार , माघ १६, २०८२

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसका कारण कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु-कुहिरो रहनेछ । देशभर आंशिक बादल लाग्नेछ भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, महाशाखाका अनुसार राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ । बाँकी अन्य क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना पनि रहेको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार