बिहिवार, आश्विन १५ गते २०८३

यस्तो थियो रास्वपाका वरिष्ठ नेता बालेन दिपायलबाट रातारात हिँड्नुको कारण

शुक्रवार , माघ १६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह(बालेन)ले सुदूरपश्चिम भ्रमणको यात्रा लगभग टुङ्ग्याएका छन् ।

बुधवारदेखि सुदूरपश्चिम भ्रमणमा रहेका बालेन शुक्रबार अछामबाट कर्णाली प्रदेश प्रवेश गर्दैछन् । यस क्रममा बिहीबार साँझ उनी डोटी पुगेका थिए । डोटीको दिपायलमा उनी राति बास बस्ने कार्यक्रम तय भएको थियो । रास्वपाका स्थानीय नेताहरूले दिपायलस्थित वर्षा होटेलमा उनको बास बस्ने प्रबन्ध मिलाएका थिए ।

तर, न वर्षा होटेलमा बसे, न दिपायलमा नै । उनी त्यहाँबाट रातारात हिँडेर डोटीको जिल्ला सदरमुकाम सिलगढी पुगेका थिए । उनी त्यहीँ बास बसेर शुक्रबार बिहानै अछामतर्फ हिँडेका थिए । बालेन निकट स्रोतका अनुसार बालेन दिपायलमा बास नबस्नुको कारण पहिल्यै उनी बस्ने होटेल र कोठाको विवरण सार्वजनिक हुनु हो ।

बालेन दिपायल पुग्नुअघि नै सामाजिक सञ्जालमा उनी वर्षा होटेलको कोठा नम्बर ३०४ मा बस्ने व्यवस्था मिलाइएको कुरा सार्वजनिक भएको थियो । यसरी आफू बस्ने होटेल र कोठाको विवरण पहिल्यै सार्वजनिक भएपछि बालेन दिपायलमा बस्न नचाहेको स्थानीय एक नेताले बताएका छन् ।

त्यसपछि उनी आफैले राति नै सिलगढीस्थित शैलेश्वरी गेस्ट हाउसमा बस्ने गरी प्रबन्ध मिलाएर हिँडेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार