काठमाडौं । सिरहामा गोली हानी एक जनाको हत्या भएको छ । सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् ।
स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार छेउको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली चलाएका थिए । यादवको घटनास्थलमै मृत्यु भएको हो । खेत जोत्न गएका बेला उनीमाथि गोली प्रहार गरी हत्या गरिएको हो । स्रोतले भन्यो, ‘गोली दागेर हत्या गरेको भन्ने कुरा सुनिएको छ ।’
जिल्ला प्रहरी कार्यालय सिरहाकाले पनि प्रारम्भिक रूपमा घटनास्थलको अवस्था हेर्दा गोली हानी हत्या गरिएको देखिएको जनाएको छ । तर कसले र किन गोली हानेको हो भन्ने विषयमा हालसम्म केही खुल्न सकेको छैन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।