बिहिवार, आश्विन १५ गते २०८३

बालेन शाहको घरको गेट तोडफोड, चोरीको आशंका

शनिवार , माघ १७, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको घरमा तोडफोड भएको छ। गएराति अज्ञात समूहले बालेन शाहको काठमाडौंस्थित घरको गेटमा तोडफोड गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले शाहको घरको गेटमा ग्रील फुटाइएको पाइएको जानकारी दिए। घरमा कोही नबस्ने भएकाले चोरीको आशंका छ।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा(५ बाट उम्मेदवार रहेका बालेन अहिले चुनावी प्रचारप्रसारका लागि कर्णाली पुगेका छन्। घटनाबारे बुझ्ने काम भइरहेको डिएसपी बुढाथोकीले जनाएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार