बिहिवार, आश्विन १५ गते २०८३

अब कांग्रेसले फोहोरी गठबन्धनको राजनीति गर्दैन: गगन थापा

शनिवार , माघ १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जनताले फोहोरी गठबन्धनको राजनीति नरुचाएको बताएका छन्। निर्वाचन परिचालन मूल समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता छाडेपनि पार्टीहरूले सिद्धान्त छाड्न नहुने बताए।

उनले भने, ‘सरकारका टिक्नको लागि नाजायज सम्झौता नगरुन् भन्ने जनताको चाहना छ। नेताहरूको जीवनस्तर पारदर्शित बन्नुपर्छ। पार्टी भनेको इलेक्सन मेसिन होइन, हामीले गएको वर्षसम्म पार्टीलाई चुनावमा केन्द्रित गरायौँ। हामी चुनाव लड्न र जित्नको लागि मात्रै केन्द्रित भएका थियौँ।’

नयाँ पुस्ताको चाहना अनुसार पार्टी अगाडि बढाउनको लागि आफूहरूले सङ्कल्प गरेर अघि बढेको बताए। उनले नयाँ कांग्रेसको यात्रा भर्खरै सुरु भएको जिकिर गरे। उनले अब सबै तहको टिकट माथिबाट नभई तल्लो तहबाटै बाँड्ने बताए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार