काठमाडौं । कञ्चनपुरको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ ।
भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित शान्ती सामुदायिक वनभित्रको बंग्यादोल खोलामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । पहिचान नखुलेको र अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जानकारी दिएका छन् ।
मुचुल्का गरी शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । शव सडेको अवस्थामा भएकोले पहिचान गर्न समस्या भएको हो ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।