आइतवार, श्रावण २४ गते २०८३

आईसिसी महिला टी २० विश्वकप– आयरल्यान्डसँग थाइल्यान्ड पराजित

आइतवार , माघ १८, २०८२

काठमाडौं । आईसिसी महिला टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सम्पन्न सुपर सिक्स चरणको खेलमा आयरल्यान्डले थाइल्यान्डमाथि ६२ रनको जित हासिल गर्दै छनोट प्रतियोगिता टुङ्ग्याएको छ ।

टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा आठ विकेट गुमाउँदै १२१ रनको मध्यम योगफल बनाएको थियो । त्यसमा गाबी लेउसले २५ तथा एमी हन्टर र ओर्ला पेन्डरगस्टले २४/२४ रनको योगदान गरेका थिए । प्रतिओभर करिब छ को आवश्यक रन रेटसहित ब्याटिङमा  उत्रिएको थाइल्यान्डले ६.१ ओभरमा सबै विकेट गुमाएर मात्र ५९ रन बनाएको थियो ।

कप्तान नारुमोल चाइवाइले २२ रन र नान्नपत कोन्चारनले १५ बनाउनु बाहेक कुनै पनि थाइ ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने चार जना ब्याटर शून्यमा आउट भएका थिए । थाइल्यान्डलाई सस्तैमा समेट्न आयरल्यान्डकी आर्लेन केलीले चार र लारा म्याक ब्राइडले तीन विकेट लिइन् ।

आयरल्यान्ड आजको खेलअघि नै विश्व कपमा छनोट भइसकेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार