आइतवार, श्रावण २४ गते २०८३

महिला टी–२० विश्वकप ग्लोबल छनोटको उपाधि बंगलादेशले जित्यो

आइतवार , माघ १८, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लाबेल छनोटको उपाधि बंगलादेशले जितेको छ ।

बंगलादेश ग्लोबल छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको हो । बंगलादेशले समूह चरण र सुपर सिक्सको सबै खेल जित्दै उपाधि चुमेको हो । आयरल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्डले पनि महिला टी–२० विश्वकपमा स्थान बनाएका छन् । गत माघ ५ गते नेपालमा सुरु भएको सो विश्वकप ग्लोबल छनोटमा नेपालसहित कूल १० राष्ट्रले सहभागिता जनाएका थिए ।

यी १० राष्ट्रमध्ये शीर्ष चार टोलीले महिला विश्वकप खेल्ने भएका हुन् । जस अनुसार बंगलादेश च्याम्पियन बन्दै स्टकल्यान्ड, नेदरल्यान्ड्स र आयरल्यान्डले सहभागीता जनाउन लागेका हुन् ।

उनीहरुले अब जुनमा इंग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार