आइतवार, श्रावण २४ गते २०८३

भारतसँग टी-२० विश्वकप नखेल्ने निर्णयप्रति पाकिस्तानी कप्तान के भन्छन् ?

सोमवार , माघ १९, २०८२

काठमाडौँ । पाकिस्तानी क्रिकेट टिमका कप्तान सलमान आगाले आगामी टी (२० विश्वकपमा भारतविरुद्ध नखेल्ने निर्णय खेलाडीको नभएको प्रतिक्रिया दिएका छन् ।

अस्ट्रेलियाविरुद्धको टी २० शृंखलाले ३० ले क्लिन स्विप गरेपछि आइतबारको प्रेस कन्फ्रेन्समा उनले यसबारे संक्षिप्त प्रतिक्रिया दिएका हुन् । उनले भने, 'त्यो हाम्रो निर्णय होइन । त्यसमा हामीले केही गर्न सक्दैनौँ । जे हाम्रो सरकार र अध्यक्षले भन्छन्, हामीले त्यही गर्नेछौँ ।'

पाकिस्ताले टी २०  विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्ने जनाएको छ । भारतले फेब्रुअरी ७ देखि सुरु हुने प्रतियोगिता श्रीलंकासँग मिलेर सहआयोजना गर्दैछ । दुई छिमेकी देश भारत र पाकिस्तान अबको विश्वकपमा एउटै समूह ए मा रहेका छन् ।

पाकिस्तान सरकारको यो निर्णयपछि अबको विश्वकप थप विवाद र अन्योलतामा परेको छ । दक्षिण एसियाली भूराजनीतिका कारण विश्वकप बहिस्कारदेखि टिम निष्कासनसम्ममा परेको हो । यसअघि सुरक्षाको कारण देखाएर बंगलादेशले भारतीय भूमिमा प्रतियोगिता खेल्न अस्वीकार गरेको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार