आइतवार, आश्विन २५ गते २०८३

माधव नेपाललाई कास्कीमा लाग्यो ठुलै झड्का

शनिवार , भाद्र १९, २०७८

काठमाडौं। नेकपा एमालेबाट कास्कीमा निर्वाचित भएका सवै जनप्रतिनिधिहरु एमालेमै रहने भएका छन्।

एमाले औपचारिकरुपमा विभाजन भएपछि बनाइएको नेकपा एकीकृत समाजवादी पार्टीमा कास्कीका कुनै पनि निर्वाचित जनप्रतिनिधिहरुले साथ नदिने भएका हुन्। 

पोखरामा आयोजित निर्वाचित जनप्रतिनिधिहरूको भेलामा कास्कीबाट निर्वाचित भएका २ सय ८२ जना जनप्रतिनिधिले एमालेमै रहने घोषणा गरेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए। भेलामा कास्कीका ४ गाउँपालिका, पोखरा महानगरपालिका, प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकमा जननिर्वाचित प्रतिनिधिहरू सहभागी थिए। 

कास्कीमा ५ पालिकामध्ये अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष बाहेक सबै पालिकामा अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको थियो। त्यस्तै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङसहित २२ वटा वडाध्यक्ष नेकपा एमालेले जितेको थियो भने ११ वटा वडा अध्यक्ष नेपाली काँग्रेस विजयी भएको थियो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार