आइतवार, श्रावण २४ गते २०८३

काठमाडौँको चुनीखेल नयाँबस्तीमा आगलागी हुँदा २४ परिवार विस्थापित

बुधवार , माघ २१, २०८२

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ ।

गएराति भएको आगो निभाउन झन्डै ३ घण्टा लागेको थियो । काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको हो ।

आगो लागेलगत्तै ७ जनालाई उद्धार गरिएको छ । आगलागीका कारण २४ परिवार विस्थापित भएका छन् । आगोले लामो टहरा र त्यहाँ रहेका सरसामान जलेर नष्ट भएका वडाअध्यक्ष टीकानारायण श्रेष्ठले बताए । उनकाअनुसार विस्थापितलाई नजिकैका अरु टहरामा राखिएको छ ।

उनीहरूलाई खाद्यान्न, लत्ताकपडालगायतका राहत उपलब्ध गराउने तयारी भइरहेको छ । बिजुली सट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार