काठमाडौं। मुख्यमन्त्रि बन्ने वित्तिकै अल्पमतमा परेर अलमलमा परेका दुई मुख्यमन्त्रीलाई नेतृ राम कुमारी झाँक्रीले आफ्नो पार्टीमा आए विश्वासको मत दिलाउन सहयोग गर्ने बताएकी छन्।
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो पार्टी रोजेको खण्डमा उनीहरूकै सरकारले निरन्तरता पाउने बताएकी हुन् ।
शनिवार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ दल छान्न पाउने आगामी भदौ २२ गतेसम्मको समय सीमामा मुख्मयन्त्रीद्वय भीम आचार्य र अष्टलक्ष्मी शाक्यले नेकपा (एकीमृत समाजवादी) मा आबद्ध मुख्यमन्त्रीद्वयको सरकार टिकाउनलाई विश्वासको मत जुटाउन मद्दत गरिने बताएकी हुन् ।
उनले मुख्यमन्त्रीद्वय आचार्य र शाक्यले एमाले रोजेको अवस्थामा उनीहरुलाई विश्वासको मत दिने भन्ने प्रश्न नै नआउने बताइन् । प्रदेश १ का मुख्यमन्त्री आचार्य यसअघि नै आफू एमालेमा आबद्ध भइसकेको बताइसकेका छन् भने बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले अहिलेसम्म आफूलाई कुन पार्टी रोज्ने विषयमा मौन रहँदै आएकी छन् ।