आइतवार, आश्विन २५ गते २०८३

एमसीसीबारे केही नबोलेको भन्दै प्रधानमन्त्री देउवा र प्रचण्डलाई ओलीको यस्तो प्रश्न 

शनिवार , भाद्र १९, २०७८


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे तत्कालिन सरकारमा सहभागी नेताहरुको धारणा मागेका छन्। पछिल्लो समय एमसीसीबारे मौन रहेका बेला ओलीले एमसीसी के गर्ने भनेर प्रश्न गरेका छन्। 

शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा सम्बोधन गर्दै ओलीली (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेका हुन् ।

एमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै ओलीले यसबारे गठबन्धनका नेताले केही नभनेको भन्दै आक्रोश पोखे । उनले भने ‘यिनै मान्छेहरु हुन् । कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे, अहिले एमसीसी‘ बोल्दैनन् । 

झुक्याएर पास गर्न खोजेका होलान्’ ओलीले भने, ‘बोल्दैनन्, के गर्ने हो भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी अहिले के गर्छन् भन्नुपर्दैन ? शेरबहादुर देउवाजीले भन्नुपर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? हिजो साइन गर्नुभएको थियो, के गर्ने एमसीसी ? उहाँहरु चुपचाप ।’

साथै उनले चिनसंगको सिमा विवादका बारेमा पनि बोलेका छन्। ओलीले हुँदै नभएको चिनसंगको सीमा विवाद समाधान गर्न भन्दै कसलाइृ खुसी पार्न समिति बनाएको भन्दै प्रश्न गरे। साथै उनले यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाउन नसक्ने पनि चुनौती दिएका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार