काठमाडौं। नेकपा एमालेको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएका नेता वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओप्रति खनिएका छन्। उनले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी एमाले अध्यक्ष ओलीलाई दुर्वचन बोल्न, मिथ्या कुरा गर्न र अपशब्द बोल्नबाहेक अरू केही नआउने आरोप लगाएका छन्।
विज्ञप्तिमा उनले लेखेका छन्, ’नेपालको सबैभन्दा ठूलो पार्टीका अध्यक्ष कमरेड केपी ओलीको मुखारविंदबाट दुर्वचन, अपशब्द र मिथ्याबाहेक अरू केही सुन्न नपाइने भयो।’ त्यस्तै गौतमले आफूले नेकपा एमाले छाडे पनि कम्युनिष्ट आन्दोलन नछाडेको पनि प्रष्ट पारेका छन्। उनले भविष्यमा कतिपय मोर्चाहरूमा सँगै काम गर्न पनि सकिने बताएका छन्।