काठमाडौं। जनता समाजवादी पार्टी जसपाका संघिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराइले एमसीसी कार्यन्वयन गर्नुपर्ने प्रस्ताव गरेका छन्। पुर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराइले सामाजिक सञ्जालमा ट्वीटरमा एमसीसीसहित विदेशी राष्ट्रले सहयोग दिने परियोजना कार्यन्वयन गर्नुपर्ने प्रस्ताव गरेका हुन।
‘यसमा राष्ट्रिय सहमति गरौँ: उच्चस्तरीय राजनीतिक कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं। चीनसँगका, पारवहनलगायत सम्झौता कार्यान्वयन गरौँ। अमेरिकीसँग चिठी आदानप्रदानसहित एमसिसी कार्यान्वयन गरौं। युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्रेछ भन्ने बुझौँ।’ उनले आइतबार मध्यरातमा ट्वीटरमा लेखेका छन्।